फागुन ८, २०७८ आइतबार

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पराजित भएको छ। शनिबार भएको खेलमा टोटेन्ह्याम हट्सपुरसँग सिटी घरेलु मैदानमा ३-२ ले पराजित भएको हो। टोटेनह्यमको जितले दोस्रो स्थानको लिभरपुललाई केही फाइदा पुगेको छ।

टोटेनह्यामको जितमा ह्यारी केनले इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेका थिए। त्यसअघि सिटीले पनि इन्जुरी समयमा बराबरी गोल गर्दै खेल रोमाञ्चक मोडमा ल्याएका थिए। सिटीको घरेलु मैदानमा अग्रता भने टोटेन्ह्यामले लिएको थियो। उसका लागि कुलुसेभ्सकीले सन ह्युङ मीनको पासमा पहिलो गोल गरेका थिए।

गुन्डोगानले ३३ औं मिनेटमा बराबरी गोल गरेका थिए। खेलमा अग्रता भने केनको गोलमार्फत टोटेनह्यामले ५९ औं मिनेटमा लिएको थियो। अधिकांश समय २-१ को अग्रता बनाएको टोटेनह्यामविरुद्ध सिटीले इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टीमार्फत खेलमा रोमाञ्चक बराबरी गर्न सफल भयो। तर‚ इन्जुरी समयको तेस्रो मिनेटमा केनले निर्णायक गोल गरेपछि सिटी स्तब्ध बनेको थियो।

जितसँगै टोटेनह्याम ३९ अंकका साथ सातौं स्थानमा उक्लियो। पराजित भए पनि सिटी ६३ अंकका साथ शीर्ष स्थानमा कायमै छ। एक खेल कम खेलेको लिभरपुलको ५७ अंक छ।