फागुन ८, २०७८ आइतबार

स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिडले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। शनिबार राति भएको खेलमा रियल म्याड्रिडले अलाभेसमाथि ३(० को जित निकाल्दै उपाधि होडमा आफ्नो एकल अग्रता कायम राखेको हो।

रियललले रेलिगेशन जोनमा संघर्षरत अलाभेसविरुद्ध सबै तीन गोल दोस्रो हाफमा गरेको थियो। कार्लोस एन्सेलोटीको रियलले ६३ औं मिनेटमा मार्को एसेन्सियोको गोलमार्फत अग्रता बनाएको थियो। भिनिसियस जुनियरले टिमका लागि ८० औं मिनेटमा दोस्रो गोल गर्दै रियलले अग्रता दोब्बर बनाएका थिए। टिमका लागि तेस्रो गोल भने करिम बेन्जामाले इन्जुरी समयमा पेनाल्टीमार्फत गरेका थिए।

त्यसअघि पहिलो हाफमा पनि रियलले खेलमा पकट कायम गरे पनि गोल गर्न नसक्दा गोलरहित बराबरी भएको थियो। खेलमा रियलले अलाभेसलाई पूर्ण रुपमा दबाबमा राखेको रियलले निरन्तर गरेको प्रयास सफल नहुँदा दोस्रो हाफ भने उसका लागि फलदायी रह्यो। अलाभेसले भने केही सीमित अवसरमा गोलका प्रयास गरे पनि अलाभेस सफल हुन सकेन।

जितपछि रियलको २५ खेलबाट ५७ अंक भएको छ। दोस्रो स्थानको सेभिल्लाको ५० अंक छ भने रियल बेटि ४३ अंकका साथ तेस्रो र एट्लेटीको म्याड्रिड ४२ अंकका साथ चौथो स्थानमा रहेका छन्।