फागुन १०, २०७८ मंगलबार

महेश सिंह/सिरहा/लहान/१० फाल्गुन - सन नेपाल लाइफ इन्स्योरेन्सले घरबाट सहजै सेवा दिन थालेपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारमा जाँदा जीवन बीमा गरेका परिवारलाई कम्पनीले घरबाटै सेवा दिइरहेको हो । विदेशमा मृत्यु भएका परिवारलाई घरबाटै सेवा दिइरहेको कम्पनीको लहान शाखा प्रबन्धक उपेन्द्रनारायण महतोले बताए ।


सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ बन्दीपुर बस्ने सत्यनारायण साह सोनारका २१ वर्षीय छोरा पपु साह नेपालबाट वैदेशिक रोजगारीमा कतार पुगेका थिए । काम गर्दैगर्दा अचानक २०७८ मङ्सिर २२ गतेका दिन सोनारको कतारमा हृदयघात भएर मृत्यु भयो ।

उनले विदेश जाने क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार म्यादी जिवन बीमा गराएका थिए। छोरा गुमाएका आमा-बुवालाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक महतोले पत्रकार महेश सिंहको रोहवरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका हुन् ।