यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब लिलेलाई हराएको छ ।
चेल्सीले घरेलु मैदान स्टामफोर्डमा आज बिहान भएको खेलमा लिलेलाई २–० गोलले पराजित गरेको हो । चेल्सीका काई हाभर्टज र क्रिस्टियन पुलिसिसले एकरएक गोल गरे । जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेगको खेल लिलेको मैदानमा मार्च १७ तारिखमा हुनेछ । यस्तै अर्को खेलमा भिल्लारियल र यूभेन्टसले एकरएक गोलको बराबरी खेलेका छन् । प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब यूभेन्टसले बराबरी खेलेका हुन् । भिल्लारियलको घरेलु मैदानमा यूभेन्टसले डुसान भ्लाहोचिको गोलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । भिल्लारियलका ड्यानियल पारेजोले खेलको ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । यो बराबरीसँग दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ । दोस्रो लेग यूभेन्टसको मैदानमा आउँदो मार्च १७ तारिखमा हुनेछ ।