नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको हो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीहरूका लागि छुट्याइए र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधारणका लागि खुल्ला भएको छ ।
इच्छुक लगानीकर्ताहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम्मा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने छिटोमा फागुन १५ गतेसम्म र ढिलामा २५ गतेसम्म दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । नेष्डो समृद्ध लघुवित्तले इक्रा नेपालबाट डबल बी रेटिङ पाएको छ ।