काठमाडौं, १२ फागुन । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
बिहीबार प्रतितोला २५ सय रुपैयाँले सुनको मूल्य बृद्धि भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १३ सय ५५ रुपैयाँमा खरिदबिक्रि भइरहेको महासंघले जनाएको छ । रुस र युक्रेनको द्वन्द्व चर्किएसँगै सुनको मूल्य ह्वात्तै बढेको छ ।