नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ५०० र चाँदीको ३५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ। बुधवार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ मंगलवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ। आज प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।