फागुन १२, २०७८ बिहिबार

काठमाडाैँ । एमसीसीविरुद्ध बानेश्वरमा भइरहेकाे आन्दोलनमा अश्रुग्यासको सेल लागेर एकजना घाइते भएका छन् ।

घाइतेको अवस्था चिन्ताजनक रहेकाे चिकित्सकहरूले जनाएका छन् । घाइतेकाे एभरेस्ट हस्पिटलमा उपचार हुन नसकेपछि ट्रमा सेन्टर लगिएकाे छ । घाइते प्रदर्शनकारी हुन् वा हाेइनन् प्रष्ट भइनसकेकाे प्रहरीले जनाएकाे छ ।