फागुन १३, २०७८ शुक्रबार

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

३० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको शिखर इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?
क-कसले दिन पाउछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको हकप्रदमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

शिखर इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद ?
को हो बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

लगानीकर्ताहरुको पर्खाइमा शिखर इन्स्योरेन्सको लाभांश, कस्तो छ ईतिहास र लाभांश वितरण क्षमता ?
कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

621868d55e64a.jpg