काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (PPLA) नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आज सिंहदरबारमा आयोजना हुँदै छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज बिहान ९ बजे सिंहदरबार पश्चिमढोका अगाडि, नेशनल ट्रेनिङ परिसरमा संगठनको सम्मेलन हुने जनाइएको छ ।
सम्मेलनमा सहभागी हुन अध्यक्ष ओली त्यहाँ जाने भएका छन् । संगठनले शुभेच्छुक, शुभचिन्तक तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।