फागुन ५, २०७७ बुधबार

 काठमाडौं

विभागीय टोली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । 
आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा रोकेपछि एपीएफले दुई खेल अघि नै च्याम्पियन बन्ने पक्का भएको हो  ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफकमा अग्रता कायम राखेको पुलिसको अग्रता दोस्रो हाफमा तोडीयो उसका लागि  ५३ औं मिनेटमा रश्मि घिसिङले बराबरी गोल फर्काइन् ।

इन्जुरी टाइममा पुलिसले पेनाल्टी पाएकोमा टोलीकी कप्तान घिमकुमारी गुरुङको प्रहार पोष्टमाथिबाट बाहिरिएपछि पुलिस जितबाट वञ्चित भयो ।

पुलिस र आर्मीबीच यसअघि भएको उद्घाटनका दिन भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बराबरीपछि आर्मीको ११ खेलबाट २६ अंक भएको छ । १० खेलबाट ३० अंकसहित एपीएफ शीर्ष स्थानमा छ । एपीएफले अब दुवै खेल हारेपनि आर्मीले एपीएफलाई भेट्ने छैन ।

एपीएफले आजै विराटनगरसँग खेल्दैछ । अन्तिम खेलमा एपीएफ र आर्मी भिड्नेछन् ।
पुलिस ११ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा छ ।
नयाँ संरचनामा लिग आयोजना हुँदा एपीएफले उपाधि जितेको हो । 
यसअघि प्रदेश टिमहरु सहभागी हुँदा पछिल्लो दुई संस्करणमा एपीएफले उपाधि जितेको थियो ।