काठमाडौं ।
काभ्रेमा आज बिहान भूकम्प गएको छ ।
बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए।
भुकम्पको महशुश अन्य केही जिल्लामा समेत गरिएको थियो ।