फागुन १५, २०७८ आइतबार

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना-१ ले माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ १९ पैसामा सिमित रहेको छ । उक्त मूल्य पौष मसान्तको तुलनामा ४८ पैसाले घटेको हो । पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १३ रुपैयाँ ६७ पैसा रहेको थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी १ अर्ब १० करोड ४७ लाख रुपैयाँ पुगेको छ । उक्त लगानी पौष मसान्तको तुलनामा ९ करोड ९४ लाख ८० हजार रूपैयाँले थोरै हो । पौष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २० करोड ४२ लाख रूपैयाँ लगानी गरेको थियो ।

फण्डले सार्वजनिक गरेको माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ :