महेश सिंह - पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । राजमार्गमा करिब ३ महिनादेखि निरन्तर ट्राफिक चेकिङमा कडाइ गरिएकाे छ ।
अस्थाइ ट्राफिक पोष्ट धनगढीबाट प्र.स.नी.प्रहरी सहायक निरीक्षक असइ सुरेशकुमार यादवको कमान्डमा निरन्तर ३ महिनादेखि चेकिङमा कडाइ गरिँदै छ ।
मेदनीपुर पुल र गागन खोलाको पुलमा निरन्तर ट्राफिक चेकिङ हुने गरेको छ । ट्राफिक चेकिङमा मोटरसाइकल चालक सबैभन्दा कारवाहीमा पर्ने गरेका छन् ।
जरिवानाबापत दैनिक रूपमा करीब १२ हजार बराबरको राजस्व सङ्कलन हुने गरेको प्रहरी सहायक निरीक्षक सुरेशकुमार यादवले जानकारी दिए । ट्राफिक चेकिङ्गमा निरन्तरता दिँदा सिरहामा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन्।