फागुन १८, २०७८ बुधबार

नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ। सुन प्रतितोला १ लाख नजिक पुगेको छ ।

आज सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको ९९ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै आज चाँदी तोलाको ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।