फागुन १८, २०७८ बुधबार

 

 

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फिल्डमै पुगेर छानबिन थालेको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि स्वयं गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले फिल्डमै उपस्थित भएर छानबिन थालेको हो ।


सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७०७८ को दोस्रो र तेस्रो चौमासिकमा ४६ लाख ७४ हजार ७६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।