फागुन १९, २०७८ बिहिबार

 भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ।

यस्तै पछिल्लो एक दिनमा जर्मनीमा एक लाख ९८ हजार, रुसमा ९७ हजार, फ्रान्समा ५७ हजार, टर्कीमा ५६ हजार, बेलायतमा ४४ हजार, अमेरिकामा ४३ हजार, इटलीमा ३६ हजार र ब्राजिलमा ३० हजार संक्रमित थपिएका छन् ।