काठमाडौं, १९ फागुन । एन्फा कप्लेक्स सातदोबाटोमा भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लब र नयाँ बस्ती युथ क्लब २–२ गोलको बराबरीमा रोकिएका छन् ।
खेलको २२औँ मिनेटमा अवय धिमालले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४८औँ मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्रीकुमारीलाई बराबरीमा ल्याए ।
६८औँ मिनेटमा सुमन योज्ञाले गोल गर्दै नयाँ बस्तीलाई २–१ को अग्रता दिलाए ।
तर, खेलको ८७औँ मिनेटमा नीरबहादुर आलेले गोल गर्दै श्रीकुमारीलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
यस बराबरीसँगै दुबै टोलीले एक÷एक अङ्क बाँडेका छन् ।