फागुन २०, २०७८ शुक्रबार

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?