फागुन २०, २०७८ शुक्रबार

२० फागुन, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले आज बिहान ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यस अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानका क्रममा केही जहाजहरूलाई
आकाशमा होल्ड गरिएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन ।