काठमाडौँ, फागुन २० गते । सर्वोच्चको संवैधानिक इजलास नियमित हुने भएको छ । पाँच महिनापछि आज इजलास बस्न लागेको हो ।
संवैधानिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलास गत असोज १३ गतेदेखि बस्न सकेको थिएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेदेखि इजलास ठप्प थियो । शुक्रबारदेखि इजलास नियमित रूपमा कार्यसम्पादनमा फर्किन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारदेखि इजलास नियमित हुने जानकारी दिए ।