फागुन २०, २०७८ शुक्रबार

यातायात व्यवसायीहरूले सार्वजनिक सवारीको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। 

 


व्यवसायीहरूले निगमलाई मूल्य बृद्धि फिर्ता गर्न ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको गुनासो छ। 
यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकामा हाल १५० रुपैयाँ पुगिसकेको छ। 


निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको हो।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ हो। 

पटक पटक डिलेज र पेट्रोलमा प्रतिलिटर २५/२५ रुपैयाँका दरले बढेको प्रति ध्यानाकर्षण भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।  बढाइएको मूल्य तत्काल फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ। बढाइएको मूल्य नघटाउने हो भने हाल बृद्धि गरिएको मूल्यको आधारमा महासंघले भाडा समायोजन गर्न बाध्य हुने महासचिव सिटौलाले जानकारी दिए।