फागुन २१, २०७८ शनिबार

 

महेश सिंह/सिरहा/लहान/२१ फागुन - महुली लघुवित्त वित्तीय संस्था भगवानपुर शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । केन्द्र प्रमुख तथा उप-प्रमुखहरूको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष संस्थाले निरन्तर समीक्षा गोष्ठीहरू गर्दै आएकाे छ ।

भगवानपुर शाखामा जम्मा २१८८ सदस्य रहेका छन् ।

केन्द्र ९२ का प्रतिनिधि गिरिजा यादवको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रमको अध्यक्षमा केन्द्र नम्बर १ का प्रतिनिधि अनुपम भण्डारी रहेका थिए ।


संस्थाका १४१ केन्द्र मध्येबाट प्रथम, दोश्रो, तेस्रो र चौथो हुने केन्द्रका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रथम हुने सम्झना महिला विकास महेश्वरी केन्द्र नम्बर २९ का प्रतिनिधिलाई पुस्कार स्वरूप नगद रु. ४ हजार प्रमाणपत्रसहित सम्मान गरिएको छ । दोश्रो हुने महालक्ष्मी महिला विकास केन्द्र नहरा रिगौल केन्द्रका प्रतिनिधिलाई नगद रु.३ हजार र प्रमाणपत्र, तेस्रो हुने श्री रामजानकी महिला विकास केन्द्र खोखसी जानकी नगरका प्रतिनिधिलाई नगद रु.२ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको छ भने चौथो स्थान प्राप्त गरेका राजदेवी महिला विकास केन्द्र मिर्जापुर केन्द्रका प्रतिनिधिलाई नगद रु.१ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको सेन्टर म्यानेजर राजेशकुमार साहले जानकारी दिए ।