एजेन्सी ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगअन्तर्गतको खेलमा आज जर्मन क्लव बोरुसिया डर्टमुण्ड र स्पेनीस क्लब सेभियाखेल्दै छन् ।
यो प्रतियोगितामा डर्टमुन्डलेअपराजित खेलको संख्या पाँच पुर्याएको छ तर डर्टमुण्डले सबै प्रतियोगितामा पछिल्ला आठ खेलमा तीन खेलमात्र जितेको छ । घरेलु लिग बुन्डेसलिगामा डर्टमण्ड शिर्ष स्थानको बार्यन भन्दा १६ अंकले पछाडी रहेको छ । यता युरोपा लिगमा बिग टिमका रुपमा रहेको सेभियाको च्याम्पियन्स लिगमा भने खासै राम्रो प्रदर्शन रहेको छैन ।
यी दुई टिमले अन्तिम पटक खेल्दा दुई दुई गोलको बराबरी खेलेका थिए । आजको खेल इरलिङ हालाण्ड र युसुफ नार्सीको प्रतिस्पर्धाका रुपमा पनि हेरीएको छ । दुबै खेलाडी यो सिजनमा उत्कृष्ट लयमा रहेका छन ।
खेल नेपाली समयानुसार राती १ बजेर ३० मिनेटमा हुनेछ ।
यी दुई टिम च्याम्पियन्स लिगमा दुई पटक खेलेका छन । जसमा दुबै टिमले एक एक खेल जितेका छन । पछिल्ला ६ खेलमा सेभियाले चार खेलमा जित एक बराबरी र एकमा हार ब्यहोरेको छ । यता डर्टमण्डले चार जित एक बराबरी र एकमा हार ब्यहोरेको छ ।