फागुन २१, २०७८ शनिबार

Himilayan shrpa

हिमालयन शेर्पा क्लब पाँचौ अन्तर्राष्ट्रिय मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा भएको खेलमा शेर्पाले सिमराको जनजागृति युवा क्लवलाई ४-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । शेर्पाको जितमा उलरिच सिवेले २ गोल गरे भने बिकाश मिराग्लिया र पूर्ण बहादुर गुरुङले १/१ गोल गरे ।  

यस जितसँगै शेर्पाले क्वाटरफाइनलमा घरेलु टोली सुदुरपश्चिम ११ सँग खेल्नेछ । प्रतियोगितामा भोली अफ्रिकी टिम एभेनिर फुटबल क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुनेछ ।