फागुन २२, २०७८ आइतबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडमाथि ४-१ को जित निकालेको छ। शनिबार राति भएको खेलमा रियल जितसँगै शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ।

पाहुना टोली सोसिडाडले पेनल्टी मार्फत १० औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि रियलले शानदार पुनरागमन गर्दै खेलमा एक पछिए जित निकाल्यो। सोसिडाडलाई मिकेल ओयरजाबलले पेनल्टीमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।

तर पहिलो हाफमानै अग्रता बनाउने क्रममा इडुआर्डो कामाभिङ्गा र लुका मोड्रिचले आकर्षक गोल गरे। इडुआर्डोले ४० औ मिनेटमा मोड्रिचको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याउँदा ३ मिनेट पछिनै मोड्रिचले बेन्जामाको पासलाई सदुपयोग गर्दै टीमलाई अग्रता दिलाए।

पहिलो हाफमा २-१ को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल थपेको थियो। करिम बेन्जामाले ७६ औ मिनेटमा पेनल्टीमार्फत टीमको अग्रता ३-१ मा पुर्‍याउँदा चौं थो गोल भने मार्को एसेनसियोको नाममा रह्यो। उनले ड्यानी करभजालको कट ब्याकमा आकर्षक गोल गरेका थिए। रियलका लागि अन्य केहि गोलललाई भिएआरले मान्यता दिएको थिएन्।

खेलपछि रियल मड्रिडले २७ खेलबाट ६३ अंक बनाएको छ। समान खेलबाट दोस्रो स्थानका सेभिल्लाको ५५ अंक रहेको छ।