फागुन २२, २०७८ आइतबार

 रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेको भन्दै बेलायतलाई जवाफ फर्काउने चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले युक्रेनलाई गरिएको बेलायती सहयोग रुसले कहिल्यै नभुल्ने बताएकी छन् । रुसी मिडियाका अनुसार उनले यसलाई युक्रेनको अति राष्ट्रवादी ताकत भनेकी छन् । 

मारियाले भनेकी छन्, ‘प्रतिबन्धको इतिहासमा लण्डनको मुख्य नभए पनि सहायक भूमिका छ । अब हामीसँग जवाफी उपाय खोज्नबाहेक अरु उपाय बचेको छैन ।’ 

रुसले युक्रेनमा आम सर्वसाधारणमाथि रुसी सेना भन्दा पनि युक्रेनका अति राष्ट्रवादीहरूसँग डर रहेको बताएकी छन् । 

रुसले आक्रमण गरेपछि बेलायत सरकारले युक्रेनलाई हतियार तथा आर्थिक सहयोग गरेको थियो ।