नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस बापतको ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।