साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले सोमबार नेपाल एयरलाइन्सलाई त्यहाँका विभिन्न शहरमा उडान भर्न पाउने गरी अनुमति प्रदान गरेको छ ।
साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रूपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरूप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने जनाइएको छ ।