फागुन २३, २०७८ सोमबार

फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ । 


लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।  महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरी तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।


विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले जितेको थियो ।