चैत ५, २०७७ बिहिबार

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी घोषणा गर्ने क्रम जारी छ ।

त्यस्तै आज विराटनगर सिटी एफसीले नेपाली राष्ट्रिय टोलिका डिफेन्स तथा मछिन्द्र फुटबल क्लबका रञ्जित धिमाललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

विराटनगरले पत्रकार सम्मेलन गर्दै उनलाई अनुबन्ध गरेको छ। विराटनगरका सीइओ सुभाशिश कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर पछि रञ्जितले आफ्नो गृहनगरका लागि खेल्न पाउँदा खुसी लागेको जनाएका छन् । उनले टोलीको प्रदर्शन सुधार गर्न सक्दो प्रयास गर्ने बताए र एनएसएल फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै उनले अक्सनको भूमिका निकै महत्त्वपूर्ण हुने बताए ।