फागुन २३, २०७८ सोमबार

नवलपरासी, फागुन २३ गते । अन्तरराष्ट्रिय मापदण्डविपरीत भारतले नेपाली भूमि डुबान हुने गरी दशगजा नजिकै अग्लो सडक निर्माण गरेको छ ।
पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमा क्षेत्रमा अग्लो सडक निर्माण गरेको बताइएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले आफ्ना समकक्षी भारतको महाराजगन्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) सत्यन्द्र कुमारसमक्ष पानीको प्राकृतिक बहाव रोकिने गरी नेपालको सीमा नजिकै भारतले बनाउन लागेको सडकको संरचनाप्रति आपत्ति जनाउँदै विरोध गरेको पश्चिम नवपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।