काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन फेरि सरेको छ । निर्वाचन समितिका प्रमुख अधिकृत भीमसेन बन्जाराले मङ्गलबार एक सूचना प्रकाशन गर्दै मार्च २२ र २३ मा हुने भनिएको निर्वाचन मार्च २४ र २५ सारिएको जानकारी गराएका हुन् ।
निर्वाचनको अनलाइन मतदान गराउने भेण्डर कम्पनीले २२ र २३ मा निर्वाचन हुन नसक्ने एनआरएनए सचिवालयलाई जानकारी गराएको हुँदा निर्वाचन समितिले उक्त मितिमा निर्वाचन गराउन नसक्ने सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचनको मिति र उम्मेदवारी दर्ताको समय थप्ने निर्णय गरेकाले सचिवालयले निर्वाचन समय सार्न निर्वाचन समितिलाई पत्र पठाएको उक्त पत्रमा उल्लेख छ ।