काठमाडौँ । भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएको छ । मतगणना मार्च १० तारिख बुधबारबाट शुरू हुनेछ । निर्वाचन सकिएसँगै कुन प्रदेशमा कसको सरकार बन्ला भन्ने बहस अझ बढेको छ । मत गणना शुरु हुनुअघि अहिले मतदान पछिका ‘एक्जिट पोल’को आँकडाअनुसार मिश्रित परिणाम सार्वजनिक हुने देखिएको छ ।
एक्जिट पोलहरूले पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने सम्भावना देखाएका छन् । एण्डिया एक्सिसका अनुसार पन्जाबमा आम आदमी पाटीलाई बहुमत मिल्ने सम्भावना देखिएको छ । मतदान पछिका सर्वेक्षणले समेत पन्जाबमा आम आदमी पार्टीले बहुमत हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेका छन् ।
पन्जाबमा कूल ११७ सिट छन् । सरकार बनाउनका लागि ६७ सिटमा जित आवश्यक हुन्छ । एक्जिट पोलहरूमा आम आदमी पार्टीले ७६ देखि ९० सिट प्राप्त गर्ने आकलन गरिएको छ । कांग्रेसले १९ देखि ३१ र अकाली दलले ७ देखि ११ सिटमा जित हासिल गर्ने अनुमान छ । यसअघि २०१७ को निर्वाचनमा कांग्रेसले ७७ सिटसहित बहुमत प्राप्त गरेको थियो ।
रिपब्लिक टिभी र पी मार्कको सर्वेक्षणले पनि आम आदमी पार्टीलाई नै अग्रस्थानमा देखाएको छ । रिपोर्टअनुसार आम आदमीले ६२ देखि ७० सिट, कांग्रेस २३ देखि ३१ सिट, शिरोमणि अकाली दललाई १६ देखि २४ सिट ल्याउने आकलन गरिएको छ । अन्य साना दलले।१ देखि ३ सिटसम्म जित्ने अनुमान छ ।
एबीपी न्युजको सर्वेक्षणले पनि आम आदमी पार्टी नै अघि देखिएको छ । जसअनुसार आम आदमीले ५१ देखि ६१ सिट अनुमान छ । भने कांग्रेसले २२ देखि २८ सिट जित्ने अनुमान गरिएको छ ।
विभिन्न मत सर्वेक्षण र पछिल्लो माहोलले पन्जाबमा आम आदमीको सरकार बन्ने लगभग पक्काजस्तै देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तर मतपरिणाम प्राप्त नहुँदासम्म वास्तविकता भने सार्वजनिक हुने छैन । त्यतिञ्जेलसम्मका लागि यस्तै सर्वेक्षणहरूका आधारमा नागरिकले धारणा बनाइरहनुपर्नेछ । एजेन्सीहरूको सहयोगमा