फागुन २५, २०७८ बुधबार

काठमाडौं । लमजुङको सिउँडीबार क्षेत्रमा त्यहाँको स्थानीय प्रशासनले आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो।