चैत ६, २०७७ शुक्रबार

काठमाण्डौ : पोखरा रंगशालामा यहि चैत्र ९ देखि १७ गते सम्म पोखरा विश्वविद्यालय क्रिकेट क्लवले सञ्चालन गर्ने पोखरा विश्व विद्यालय क्रिकेट लिग(पियुसिएल)को तयारी अन्तिम चरणमा पुगेको छ।प्रतियोगिता बारे जानकारी दिन तथा  ट्रफी अनावरण गर्न आयोजित कार्यक्रममा सो जानकारी दिईएको हो। 

प्रतियोगिता बारे जानकारी दिंदै आयोजक समितीका अध्यक्ष प्रकाश खनालले पोखरा विश्वविद्यालय विभिन्न आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीहरुको ८ टिम प्रतियोगितामा सहभागिता जनाउने बताए ।

 प्रतियोगितामा गोरखाली ब्लास्टर, पियू राइनोज, स्टिल्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाइगर्स, पियू रेड वारियर्स, अन्नपूर्ण किङ ११ र गण्डकी स्टाइकर्स रहनेछ । हरेक टिममा २–२ जना राष्ट्रिय टिमका खेलाडीहरु अनुवन्ध भइसकेको आयोजकले जनाएको छ ।

 उपाधि विजेता टोलीले ट्रफि ,मेडल र नगद १ लाख २५ हजार, उपविजेताले ७० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । 
त्यसै गरी 
प्रतियोगिताका सर्वोकृष्ट खेलाडिले नगद ५ हजार, 
सर्वोत्कृष्ट बलरले नगद २ हजार ५ सय, 
सर्वोकृष्ट बलरले नगद २ हजार ५ सय तथा
प्रत्येक खेलका उत्कृट खेलाडीले  नगद १ हजारका साथमा ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिव २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

उक्त  पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका क्रिकेट खेलाडी करण केसी, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल,पोखरा विश्वविद्यालयका संस्थापक स्ववियू सभापती सुनिल क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताका लागि राखेप सदस्य राजेश गुरुङले ५० हजार नगद सहयोग गर्ने घोषणा गरेका छन् । पछि खेलकूदका विभिन्न गतिविधीहरु सञ्चालनका लागि अघि आएका विभिन्न संघ संस्थाहरु अगाडी आइरहेको बेला हौसला प्रदान गर्न आफूले यस्तो सहयोग गर्ने घोषणा गरेको गुरुङले बताए।

बिहिबार सम्पन्न उक्त कार्यक्रममा राखेप सदस्य गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा विश्वविद्यालयमा अध्ययनरत यूवाहरु खेलकूदको विकास र प्रवर्द्धनमा अघि आउनु खुसीको कुरा रहेको भन्दै शिक्षा सँगै खेलकूद अपरिहार्य रहेको धारणा राखे ।“विश्व विद्यालय खेलकूद सँग जोडिनु निकै प्रशंसनिय छ, क्रिकेट मात्रै नभई अन्य खेलकूद आयोजना गरेमा पोखरा रंगशालामा सँधै स्वागत गर्न तयार छ ” उनले बताए।  

नवौं राष्ट्रिय खेलकूदलाई भव्य रुपमा सम्पन्न गर्न पनि विश्वविद्यालयको सहयोग आवश्यक रहेकोमा गरुङको जोड रहेको थियो।