फागुन २६, २०७८ बिहिबार

काठमाडौं, फागुन २६ गते । रुसी सेनाको हमलामा बाल अस्पतालमा क्षेप्यास्त्र खसेपछि संयुक्त राष्ट्र सङ्घले विरोध गरेको छ ।

केही दिनदेखि घेराबन्दीमा परेको पूर्वीदक्षिण युक्रेनमा पर्ने तटीय शहर मारियोपोलमा रहेको गैरसैनिक इलाकामा रुसी सेनाको हमला भैरहेकोप्रति राष्ट्र सङ्घले निन्दा गर्दै आएको हो ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले असंवेदनशील हिंसा अन्त्य गर्नुपर्ने धारणा राख्दै गैरसैनिक इलाकामा भएका हमलाको निन्दा गरेको अलजजिराले उल्लेख गरेको छ ।

हमलामा परेर अस्पतालको प्रसूतिगृहमा १७ जना घाइते भएको युक्रेन सरकारले आरोप लगाएको छ ।

यसैबीच, मारियोपोल नगरप्रमुखले रुसले शहरमाथि घेराबन्दी गरेपछि हमलामा परेर १२ सय गैरसैनिक नागरिकको हताहती भएको दाबी गरेको छ ।