फागुन २६, २०७८ बिहिबार

श्रीलङ्का भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार तेस्रो खेलमा अहिले श्रीलङ्का पुलिसको सामना गरिरहेको छ । अघिल्ला दुई खेलमा श्रीलङ्का नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । 


कप्तान सन्दीप लामिछानेले टस जितेसँगै ब्याटिङमा आएको नेपालले आक्रमक सुरुवात गरेको छ । जहाँ नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरिसकेका छन् ।  ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल हालसम्म अर्धशतक पूरा गरेका छन् ।  


जारी खेलमा नेपालले ३७ ओभर जारी रहँदा ६ विकेट गुमाएर २२३ रन जोडेको छ ।  कुशलले ५७ रन बनाउँदा आसिफले ५२ रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ६९ रन बनाएर खेलिरहेका छन् । 


अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।