एजेन्सी, २७ फागुन । कुनैबेला उत्तर प्रदेशको बहुमतको सरकार चलाइसकेकी मायावती यतिबेला निराश भएकी छिन् । कारण हो, मायावतीको दलले ४०३ सिटमा मात्र १ सिट जितेको छ । यो अहिलेसम्म उनको दल बहुजन समाजले जितेको कम सिट हो । भारतको भावी प्रधानमन्त्रीका रूपमा लिइएकी मायावतीको दल बहुजन समाज पार्टीले विधानसभा चुनावमा नराम्रो हार बेवहोरेपछि निराश भएकी हुन् ।
चुनावी परिणामपछि चार पटक मुख्यमन्त्री बनिसकेकी मायावतीले मुस्लिम मतदाताप्रति आक्रोश पोखेकी छिन् । उनले मुस्लिम मतदाताले अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीलाई मत दिएकाले आफूहरूले ठूलो मूल्य चुकाएको बताइन् । यो चुनावपछि आफूहरूले पाठ सिकेको प्रतिक्रिया दिइन् ।
चुनावमा समाजवादी पार्टीको जङ्गलराज फर्कने भयले दलित मतदाताले समेत भाजपालाई मत दिएको उनको भनाइ थियो । उनले समाजवादी पार्टीप्रति आक्रोश पोखेको इन्डियन एक्सप्रेसले जनाएको छ ।