फागुन २७, २०७८ शुक्रबार

एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छैन । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।