फागुन २९, २०७८ आइतबार

 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ३०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला एक लाख दुई हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ४२५ रूपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घट(बढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ।