फागुन २९, २०७८ आइतबार

अब सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ ।

खल्तीले यसका लागि सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सानिमा सजिलो ई(बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई(बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ। 

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई( बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।