चैत ६, २०७७ शुक्रबार

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका विषयमा लोकतन्त्रवादी वरिष्ठ पत्रकारहरुका बीचमा छलफल भएको छ । राजधाानीमा आज भएको छलफलमा आसन्न पत्रकार महाासंघको निर्वाचनमा लोकतन्त्रवादी तथा व्यवसायीक पत्रकारहरुलाई नेतृत्वमा स्थापीत गराउनुपर्नेमा उनीहरुले जोड दिएका थिए । सो छलफलमा पत्रकार महासंघको नेतृत्वमा लोकतन्त्रवादी नहुँदा पत्रकार महासंघको स्थापित मान्यताहरु कमजोर भएको निष्कर्ष निकालेको थियो । लोकतन्त्रवादी पत्रकारहरु महासंघको नेतृत्वमा नहुँदा व्यवासायीक पत्रकारिताका मान्यतापनि कमजोर भएको उनीहरुको धारणा थियो । पत्रकारिताका  त्यसैगरि लोकतन्त्रवादीहरुले संसद विघटनका पक्षधरहरुसंग महासंघको चुनावमा सहकार्य गर्न नहुने पनि निष्कर्ष निकालेको छ । 
सो छलफलमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष रमेश तुफान, समिरजंग शाह, किरण पोखरेल, वरिष्ठ पत्रकार तेजप्रकाश पण्डीत, प्रतिक प्रधान, प्रकाश रिमाल, कृष्ण केसी, दामोदर दवाडी, बबिता बस्नेत, गोकर्ण अर्यालको सहभागिता थियो । त्यसैगरि नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षा अनिता विन्दु, पूर्वसचिवहरु रामजी दाहाल, जगत नेपाल, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष राधा चालिसेको सहभागिता रहेको थियो । 
त्यस्तै छलफलमा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापा, सचिव प्रकाश थापा, कोषाध्यक्ष राजेश मिश्र र केन्द्रीय सदस्य नकुल अर्यालको सहभागिता रहेको थियो भने नेपाल प्रेस युनियनका सचिव खिला कार्की, सुदुरपश्चिम संयोजक लाल ऐरीको पनि सहभागिता थियो । 
छलफलमा नेपाल पत्रकार महासंघको महाधिवेशनको तयारीका बारेमा उपाध्यक्ष विपुल पोखरेलले जानकारी गराएका थिए । त्यस्तै महासंघको सदस्यताको अवस्थाका बारेमा सचिव प्रकाश थापाले जानकारी गराएका थिए । छलफलमा उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापा, पूर्वसचिव रामजी दाहाल, पूर्वउपाध्यक्ष अनिता विन्दुले आफुहरु अध्यक्षको आकाक्षी रहेको जानकारी गराएका थिए । त्यसैगरि सचिव प्रकाश थापा र राजेश मिश्रले महासचिवको आकाक्षी रहेको बताएका थिए ।