फागुन ३०, २०७८ सोमबार

काठमाडौं, ३० फागुन । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।