चैत १, २०७८ मंगलबार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली मंगलवारबाट बन्द भएको छ । 

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । 

हालसम्म परेका अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको विभागको भनाइ छ ।