चैत १, २०७८ मंगलबार


नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोेलेको छ ।

मंगलवार एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले देशभर १ लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।

चैत ६ गतेदेखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरूलाई म्यादी प्रहरीमा प्राथमिकता रहेको जनाइएको छ ।