चैत ३, २०७८ बिहिबार

साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ । भारतको जमसेदपुरमा आज मङ्गलवार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपेको हो । भारतका लागि लेन्डा कोम सेर्टोले दुई गोल गरिन् । यस्तै सुजिस पोट्टेकाट, अपूर्णा नार्जरी, पूर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले एक–एक गोल गरिन् ।

अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।