महेश सिंह/ सिरहा/ लहान/ ३ चैत - महुली लघुवित्त वित्तीय संस्थाद्वारा लहान शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । अलहान शाखामा १७९ केन्द्रहरू रहेका छन् भने २३९० सदस्यहरू रहेका छन्। उक्त संस्थाले प्रत्येक वर्ष कार्यलाई लेखाजोखा गर्न केन्द्र प्रमुख र उप- प्रमुखहरूसँग वार्षिक समीक्षा कार्यक्रम गर्ने गरेका छन्।
केन्द्र प्रमुख अनिता चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयका कर्जा विभागका प्रमुख ललितप्रसाद चौधरी रहेका थिए । प्रमुख अतिथि चौधरीले संस्थाको नीतिनियम तथा कर्जा र ऋण प्रवाहको विषयमा प्रकाश पारेका थिए।
उक्त दुई दिनको वार्षिक समीक्षाबाट ४ वटा केन्द्रलाई कामको अधारमा उत्कृष्ट घोषणा गर्ने गरेका छन्। लहान नगरपालिका १७ गोबिन्दपुरका बलान माता महिला विकास केन्द्र प्रथम भएका थिए। केन्द्र प्रमुख अनिता चौधरी र उप प्रमुख रम्भा चौधरी लाई पुरस्कार सवरुप नगद ४ हजार प्रमाणपत्र सहित संस्थाले समान गरेका थिए। दोस्रो हुनेमा लहान १५ बानोका सपना महिला विकास केन्द्रका प्रमुख नबिला चौधरी र उप प्रमुख पल्टि देबी चौधरीलाई नगर २ हजार प्रमाणपत्र सम्मान गरीएका छन्।
त्यसैगरी तेस्रो हुनेमा लहान १५ बिरनगरका पुजा महिला बिकास केन्द्र प्रमुख श्याम कुमारी चौधरी र उप प्रमुख कैलाश देबी चौधरीलाई पुरस्कार सवरुप नगद २ हजार र प्रमाणपत्र सहित सम्मान गरेका थिए। साथै लहान २२ बेलिका कल्यान्दह महिला बिकास केन्द्रले चौथो स्थान हासिल गरेका छन्। संस्थाले केन्द्र प्रमुख आशो देबी चौधरी र उप प्रमुख चौरासी देबी चौधरीलाई संस्थाले नगद १०० हजार र प्रमाणपत्र सहित सम्मान गरीएका छन्।
कार्यक्रममा भगवानपुर सखाको प्रबन्धक ताराकान्त चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए। लहान सखाको प्रबन्धक सन्तोष यादवले कार्यक्रम संचालन र स्वागत मन्तब्य राखेका थिए।
देशलाई आर्थिक समृद्धि तिर लान र समाजमा निकै भुमिका खेलीरहेका लहान सखाको प्रबन्धक संतोष कुमार यादवले बताए।हामीले गरिब दलित र पिछडिएको समुदायहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गर्ने गरेका छौँ। र ऊनीहरुलाई बचत गर्ने बानीको समेत बिकास गरी आर्थिक सवल तिर अगाडि बढाउने र बैंकक संग सबैको पहुँच रहोस् भने हाम्रो संस्थाको उदेश्य रहेको प्रबन्धक यादवले बताए।