फागुन ५, २०७७ बुधबार

काठमाण्डौ
 परिक्षामा कम नम्बर ल्याएकोभन्दै विद्यार्थी कुट्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 
दाङको देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेको माध्यमिक विद्यालयका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झण्डै दुई हप्ताअघि शिक्षक विकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।