चैत ४, २०७८ शुक्रबार

वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  

कम्पनीको पुष १६ गते सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २० बोनस सेयर पारित गरेको थियो । २०७७ चैत्र ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्ममा कायम सेयरधनीहरुले उक्त सेयरमा लाग्ने कर भने तिर्नु पर्ने जनाएको छ । 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ। ्

संस्थाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्नुपर्ने हुँदा यस संस्थाको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, दुर्गा भवन, नागपोखरी(१ नक्साल, काठमाडौं वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतको रकम एकिन गरी कुमारी बैंकमा रहेको KCL-WOMI TAX COLLECTION 2077/78  खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सूचना गरेको हो ।

बुक क्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने छ । हालसम्म आफ्नो सेयर अभौतिकीकरण नरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस सेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ ।

बोनस सेयर बापत लाग्ने करको विवरण शेयर रजिष्ट्रारको Website: www.kumaricapital.com बाट प्राप्त गर्न सकिने छ।

संस्थाले प्रकाशन गरेको सूचनाः

6233ee1001f6f.jpg